Monday, February 4, 2013

तिम्रो आदर्श मेरो भावुकता


१६
तिम्रो आदर्श मेरो भावुकता

म भावनामा बग्ने मान्छे
पुस माघको जाडोमा स्याण्डो लगाएर
आईसक्रिमको अनुपम स्वाद लिने मान्छे
आफ्नै धुनमा गल्लीको खम्बा गन्दै हिड्ने मान्छे
तिमीले साथ दिने कसम त खायौ
तर सँगसँगै चल्न सक्दैनौं कि
परीक्षा दिने तयारी त ग¥यौं
तर पास हुनचाहि सक्दिनौं कि

कतै भावनामा बगेको बेला
तिम्रो इच्छाको गला निमोठिदिन सक्छु
अध्यारोको चाहना हुँदा
तिम्रो आशाको दियालाहरु निभाईदिन सक्छु
म चेतन शून्य भए
खै के के गर्छु त्यो मलाई नै थाह हुन्न
त्यसैले म भन्दैछु तिमीले साथ दिने कसम त खायौ
तर साथ निभाउन सक्छौं कि सक्दिनौ
अहिले हासेर भनेकी छौं
पछि रुदै फिर्ता त लिदिनौं

मेरो एकान्त देखेर तिमीले मन त दुखायौं
बौलठ्ठीपना देखेर जिन्दगी सुम्पन्न त खोज्यौ
आशु तिम्रा लागि म नबगाउन पनि सक्छु
हासो तिम्रो अधरमा म नछर्न पनि सक्छु
उपाहार एउटा एकान्छ जीवन
साथ भएर पनि एक्लो अनुभूति
सायद मैले दिन सक्ने
अमूल्य उपहार त्यहि हुनसक्छ तिम्रो लागि
त्यसैले फेरी भन्दैछु
तिमीले हात त दियौ तर समाईरहन सक्छौं कि सक्दैनौ
तिमी प्रसाद त बन्यौं तर बढीमा चढ्न सक्छौं कि सक्दैनौं