Saturday, August 22, 2015

my story published in nagarik http://www.nagariknews.com/nagarik-sanibar/story/35916.html

look and comment plz
http://www.nagariknews.com/nagarik-sanibar/story/35916.html

Thursday, November 13, 2014

मैले रोक्न खोजे ,ऊ त भिज्दै गयो

हावा चल्दै थियो,पानी पर्दै थियो के भन्न आएको थियो,भन्दै नभनि गयो पिर लागि रह्यो ऊ त भिज्दै गयो मैले रोक्न खोजे ,ऊ त भिज्दै गयो बादल झै उ त धम्मिएको थियो, भित्र भित्रै धेरै गुम्सिएको थियो मन भरि कुन्नी के के कुरा थियो, खोल्दै नखोलि गयो , भन्दै नभनि गयो मैले रोक्न खोजे ,ऊ त भिज्दै गयो मनको कुना भित्र बास दिनु थियो आस जाग्दै थियो ,नशा लाग्दै थियो बाटो कुरेको थिए , मन राख्न आयो अत लाग भने ,एकछिन कुर भने , सुन्दै नसुनि गयो ऊ त भिज्दै गयो

Monday, April 8, 2013

सृजना


सृजना

जब मेरो इच्छामा
तिम्रो चाहाना लादिन्छ
नौलो मोडको सृजनामा
तिम्रो बिचार हाकिन्छ
सोच त
तिम्रो आदर्शमा
के मेरो जीवन ढल्किन्छ ?

सेतोले पोत्यौ त
के कालो दाग मेटिन्छ
रगतले लेख्यौ त
के साँचो उल्टिन्छ
सोच त
तिम्रा भ्रमहरुले
मेरो मृगतृष्णा मेटिन्छ ?

बाध लगाएर
के ज्वाराभाटा रोकिन्छ ?
धर्तीमा दवाएर
के ज्वालामुखी अडिन्छ ?
सोच त
तिम्रो बन्धनले
मेरो बाटोहरु रोकिन्छ ?

Monday, February 4, 2013

तिम्रो आदर्श मेरो भावुकता


१६
तिम्रो आदर्श मेरो भावुकता

म भावनामा बग्ने मान्छे
पुस माघको जाडोमा स्याण्डो लगाएर
आईसक्रिमको अनुपम स्वाद लिने मान्छे
आफ्नै धुनमा गल्लीको खम्बा गन्दै हिड्ने मान्छे
तिमीले साथ दिने कसम त खायौ
तर सँगसँगै चल्न सक्दैनौं कि
परीक्षा दिने तयारी त ग¥यौं
तर पास हुनचाहि सक्दिनौं कि

कतै भावनामा बगेको बेला
तिम्रो इच्छाको गला निमोठिदिन सक्छु
अध्यारोको चाहना हुँदा
तिम्रो आशाको दियालाहरु निभाईदिन सक्छु
म चेतन शून्य भए
खै के के गर्छु त्यो मलाई नै थाह हुन्न
त्यसैले म भन्दैछु तिमीले साथ दिने कसम त खायौ
तर साथ निभाउन सक्छौं कि सक्दिनौ
अहिले हासेर भनेकी छौं
पछि रुदै फिर्ता त लिदिनौं

मेरो एकान्त देखेर तिमीले मन त दुखायौं
बौलठ्ठीपना देखेर जिन्दगी सुम्पन्न त खोज्यौ
आशु तिम्रा लागि म नबगाउन पनि सक्छु
हासो तिम्रो अधरमा म नछर्न पनि सक्छु
उपाहार एउटा एकान्छ जीवन
साथ भएर पनि एक्लो अनुभूति
सायद मैले दिन सक्ने
अमूल्य उपहार त्यहि हुनसक्छ तिम्रो लागि
त्यसैले फेरी भन्दैछु
तिमीले हात त दियौ तर समाईरहन सक्छौं कि सक्दैनौ
तिमी प्रसाद त बन्यौं तर बढीमा चढ्न सक्छौं कि सक्दैनौं

Wednesday, December 5, 2012

उफः यति सजिलो छैन बिर्सन तिमीलाई

उफः यति सजिलो छैन बिर्सन तिमीलाई

इन्द्रवतीसँगसगै छङछङ बग्दै थिए
डिलबाट छप्लाङ छप्लाङ ढुङ्गाहरु फाल्दै थिए
तिमीलाई स्मृतिबाट हटाउन
दुनियाँसँग भाग्दै एकान्तको खोजीमा
यति परसम्म आएका थिए
लागेको थियो
यति टाढासम्म तिमी आउन सक्दिनौं
यस्तो अनकन्टार, भीर, पाखा, बगरमा
तिमी भेटिने छैनौं
तर झसङ्ग भए जब देखे तिमीलाई
कसरी तिमी यहाँसम्म आयौ
हिजो भागेर टाढा गएकी थियौ
घुर्काएर कहिल्यै आउन्न भन्दै थियौ
फेरि किन यति नजिक
इन्द्रावतीसँग सुसाएर
किनारमा माछा मार्दैछौं
बगरमा बालुवाको घर बनाउदैछौ
मलाई गिज्याएर

तिम्रो साथले म मात्तिन थालेको थिए
तिम्रो मुस्कानले म पागल हुदै थिए
तिम्रो आँखामा म बन्दी हुदै थिए
कसरी तिमी पराई हुन मन्जुर गर्यौ
कसरी तिमी समयसँगै बगि दियौ
भुल्न खोज्दै थिए
तिमीलाई मन मस्तिष्कबाट
तिमी बिना नै आफ्नो यात्राको
खाका तयार पार्दै थिए
फेरि किन
मेरो स्मृतिमा
फेरि किन
नदि किनारमा
उफ ः यति सजिलो छैन
बिर्सन तिमीलाई