सृजना
जब मेरो इच्छामा
तिम्रो चाहाना लादिन्छ
नौलो मोडको सृजनामा
तिम्रो बिचार हाकिन्छ
सोच त
तिम्रो आदर्शमा
के मेरो जीवन ढल्किन्छ ?
सेतोले पोत्यौ त
के कालो दाग मेटिन्छ
रगतले लेख्यौ त
के साँचो उल्टिन्छ
सोच त
तिम्रा भ्रमहरुले
मेरो मृगतृष्णा मेटिन्छ ?
बाध लगाएर
के ज्वाराभाटा रोकिन्छ ?
धर्तीमा दवाएर
के ज्वालामुखी अडिन्छ ?
सोच त
तिम्रो बन्धनले
मेरो बाटोहरु रोकिन्छ ?
No comments:
Post a Comment