Tuesday, June 26, 2012

जुन आँखामा सजाए


जुन आँखामा सजाए तेही आँखाबाट कती सजिलै झर्दो रहेछ मान्छे
सोचेको थिइन कहिल्यै यति तलसम्म पनि गिर्न सक्दो रहेछ मान्छे
सिरभन्दा माथि राखेपनी आफ्नो उचाइ आफै घटाउदो रहेछ मान्छे
बुझने भएर पनि आफ्नो  स्वार्थ पुरा नहुँदा  बहुलाउदो रहेछ मान्छे

भूतलाइ पन्छाउछु भन्छ तर देाबाटेा ढुकी तरसाउदेा रहेछ मान्छे
निकेा पारछु भन्छ तर अ।फै रेाग सारदेा रहेछ मान्छे
सम्झाउने बाहनाले पीर पारनु सम्म  पार्देा रहेछ मान्छे
मित्रताको खोल अे।ढि  पछाडि गोटि चाल्दो रहेछ मान्छे

बाहिर एउटा कूरा गर्छ  भित्र अर्कै जालो बून्दो रहेछ मान्छे
मनपेट खोलि दिदा बिश्वासलाइ कमजोरि ठान्दो रहेछ मान्छे
सजिलोमा साथ दिन्छ अप्ठयारोमा लगेर छोडदो रहेछ मान्छे
ढिलो बुझे तर बुझे संसारकै ढोंगी पाखन्डी रहेछ मान्छे

No comments:

Post a Comment