आमा
एक्लै मुस्कुराउछौ
एक्लै कुरा गर्छौ
को संग मुस्कुराउछौ
कसरी कुरा गर्छौ ?
तिमी क्षण क्षण मुस्कुराउदा
यस्तो लाग्छ
तिमी दा भिन्चिको
अगाडि बसेकी मोनलिसा हौ
र तिम्रो त्यो मुस्कान
करौडौ मन जित्ने
त्यो मनमोहक मुस्कान हो
किन झस्कन्छौ तिमी ?
अनयाश म आइदिदा
के मैले तम्रो एकान्तलाई
बाधा पारे?
माफ गर यदि त्यसो हो भने
मैले त तिम्रो मुहारमा
फक्रिएको फुल देखे
जो सुटुक्क पबनसंग बात मार्दैै थियो
मगमग बासना छर्दै थियो
त्यही सुगन्धलाई पछछाउदै
तिमी सम्म आइपुगे
तिमीलाई देख्दा
किन यस्तो लाग्छ कि
तिमी हजारौ बर्षदेखि
तपस्या गर्दै थियौ र आज तिमीलाई
आत्मबोध भएको छ
तिमीमा पुर्णता आएको छ
र तिमीले ्िशघ्र नै आ्फनो
कठिन तपस्याको मिठो फल पाउदै छौ
तिमी भित्र एउटा सृजनसिल कलाकार भए जस्तो लाग्छ
जो भित्र भित्रै पिकासोले झै अमुल्य कलाकारिताको सृजना गर्दैछ
तिमी त्यो सृजनाको रापले
धपक्कै बलेकी छौ र आफैमा बुढो सिमल झै
गजक्कै फुलेकी छौ
तिमी तान्त्रिक हौ या आत्मा हौ
या मिठो धुन झिक्ने
बासुरी हौ ?
नत्र को संग कुरा कुरा गर्छौ दिन रात
कस्को हाल खबर सोध्छौ पल पल
र सन्तुष्ट हुन्छौ
आफ्नै प्रश्न संग ?
मलाई किन डाहा लाग्छ तिम्रो पूर्णता देखेर
म किन तिम्रो सहयात्री हुन सकिन
म किन तिम्रो कुरा गर्ने साथी हुन सकिन
तिम्रो मुस्कानको कारण हुन सकिन
मलाई अझ डाहा लाग्छ
म तिमी झै किन
पूर्ण हुन सकिन ?
तिम्रो झै सृजना गर्ने
कोख हुन सकिन
तिमीलृे झै
समाधि लिने
ठाउ हुुुन सकिन
म साचो कलाकार हुन सकिन
आत्मा संग कुरा गर्ने तान्त्रिक हुन सकिन
समुन्द्रको गहिराइ थाह पाउने
मोति हुन सकिन
म तिमी झै जननी हुन सकिन
म तिमी झै धर्ति हुन सकिन
म तिमी झै आमा हुन सकिन
म तिमी झै हराभरा कोख हुन सकिन
मलाई माफ गर
म तिमी झै सम्पूर्ण हुन सकिन
म तिमी झै परिपूर्ण हुन सकिन
No comments:
Post a Comment