Wednesday, April 25, 2012

आम मानिस


म आम मानिस हु
म सग गोली गंठा छैन
हातहतियार केहि छैन
तिमी निस्फिकृ संग
मेरो अगाडि आउन सक्छौ
गोला बारुद पडकाउन सक्छौ

Tuesday, April 24, 2012

उसको तस्बिर



आखामा
मनमा
हृदयमा
सुसुप्तीमा
बाहिरदेखि
भित्र अन्तर आत्मासम्म
एक छत्र बास
गरिरहेको उसको तस्बिर

Monday, April 23, 2012

यो पन्ना


यो पन्ना खाली छ
मैले लेखेपनि खालीपन
बाकी नै रहने छ
यसलाई पुरापुर भर्ने
कोही जन्मेको छैन
जन्मिए पनि
यसलाई भर्न खोज्दा खोज्दै
उ आफै रित्तएर जानेछ

Useful twitter apps, tools & sites !

Saturday, April 21, 2012

हाम्रो माया


कहिले छुट्ने कहिले जुट्ने
हाम्रो माया केही पलको आवेग होइन

जुनी जुनीसम्म रहिरहन्छ
हाम्रो माया केही क्षणको सम्झौता होइन

रुपको आकर्षणभन्दा पर
हाम्रो माया दुइ दिनको रमझम होइन


कहिले छुट्ने कहिले जुट्ने
हाम्रो माया केही पलको आवेग होइन

हाम्रा सांसद


हाम्रा सांसद
गाउँघरका गजडीजस्ता छन्
जो गफ गरिरहन्छन्
चुरोट सल्काइरहन्छन्

हाम्रा सांसद
म्याद थपिरहन्छन्
टेबुल ठोकीरहन्छन्
बरु गजडीको गफ पुरा होला
तर कठै हाम्रा संविधान
गजडीको गफ जस्तो पनि नहुनेभो

हाम्रा सांसद
गाउँघरका थारो गाइजस्ता छन्
जो दिनभर खाइरहन्छन्
रातभर उग्राइरहन्छन्

हाम्रा सांसद
तलब खाइरहन्छन्
भत्ता पचाइरहन्छन्
बरु थारो गाइले दुध देला
तर कठै हाम्रो देशले
एउटा संविधान पनि नपाउने भयो

स्वतन्त्रताको लागि

खुँडा तरवार बोक्नेछु
राइफल बन्दुक बोक्नेछु
रुनु परे रुनेछु
दुःख बरु खप्नेछु
स्वतन्त्रताको लागि म
सबै मूल्य तिर्नेछु

विष्फोटका आवाजले
वहिरो मलाई बनाए नी
बन्दुकका संगीनले
छाती चाल्नु पारे पनि
एक मुठी श्वास मेरो
फोक्सो भित्र रहेसम्म
एक त्राण प्राण मेरो
ह््दयमा रहेसम्म
जित हाम्रो पक्का छ नी

सम्वन्ध


कैले नजिक आउछौं
कैले ढाटा भाग्छौं
तिम्रो मेरा सम्वन्धलाई
कति जोखि राख्छौं
कति जोखि राख्छौं

माया लाउछु भन्छौं
तर्की तर्की हिड्छौं
मलाई घायल बनाएर
कति हासी राख्छौं

कति हासी राख्छौं


विश्वास पनि गछौं
शंका पनि गछौं
मेरो काखमा निदाएर
किन गाली गछौं
किन गाली गछौं

आजकाल सपनीमा


धुवाँ उडिरहेको देख्छु
दाउरा थपिरहेको देख्छु
धुवाँमा मान्छेहरु निस्सासिएको देख्छु
आगोमा मान्छेहरु जलिरहेको देख्छु
आजकाल सपनीमा देश जलिरहेको देख्छु
आजकाल सपनीमा देश बलिरहेको देख्छु
पुल भत्किएको देख्छु
बाँध फुटेको देख्छु
बाटो छलिएको देख्छु
बाटो बिराएको देख्छु
आजकाल सपनीमा देश भासिएको देख्छु
आजकाल सपनीमा देश मासिएको देख्छु

वाढी आएको देख्छु
पहिरो गएको देख्छु
रुख ढलेको देख्छु
चोईटा छरिएको देख्छु
आजकाल सपनीमा कुलक्षण नै कुलक्षण देख्छु
आजकाल सपनीमा अपसकुन नै अपसकुन देख्छु



गाडी जलेको देख्छु
गोली चलेको देख्छु
बम पड्केको देख्छु
मान्छे मरेको देख्छु
आजकाल सपनीमा सबै छटपटाएको देख्छु
आजकाल सपनीमा सबै निस्सासिएको देख्छु



टुक्रा टुक्रा छरिएको देख्छु
मालाहरु चुडिएको देख्छु
टुक्रामा मान्छेहरुले अस्तित्व खोजिरहेको देख्छु
मालामा मान्छेहरुले पहिचान खोजिरहेको देख्छु
आजकाल सपनीमा नक्सा च्यातिरहेको देख्छु
आजकाल सपनीमा भूगोल बाडिँरहेको देख्छु


पानी झै संग्लो देख्छु
ऐना झै प्रष्ट देख्छु
विपना झै यथार्थ देख्छु
दिन झै छर्लग देख्छु
आजकाल सपनीमा
सबै कुरा आफ्नै गाउ घरमा भएको देख्छु
आफ्नै आँखा अगाडि भएको देख्छु
आफ्नै वरीपरी भएको देख्छु
आफ्नै देशमा भएको देख्छु
आफ्नै देशमा भएको देख्छु