Saturday, April 21, 2012

हाम्रा सांसद


हाम्रा सांसद
गाउँघरका गजडीजस्ता छन्
जो गफ गरिरहन्छन्
चुरोट सल्काइरहन्छन्

हाम्रा सांसद
म्याद थपिरहन्छन्
टेबुल ठोकीरहन्छन्
बरु गजडीको गफ पुरा होला
तर कठै हाम्रा संविधान
गजडीको गफ जस्तो पनि नहुनेभो

हाम्रा सांसद
गाउँघरका थारो गाइजस्ता छन्
जो दिनभर खाइरहन्छन्
रातभर उग्राइरहन्छन्

हाम्रा सांसद
तलब खाइरहन्छन्
भत्ता पचाइरहन्छन्
बरु थारो गाइले दुध देला
तर कठै हाम्रो देशले
एउटा संविधान पनि नपाउने भयो

1 comment: